काठमाडौं – त्रिशूली नदीमा बस खस्दा चार जनाको ज्यान गएकव छ। प्रहरीका अनुसा बसमा सवार ३३ जनाको जिवितै उद्धार गरिएको छ।
धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशुली नदीमा खसेको थियो।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ। उद्धारका लागि विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ।
टोलीले नदीमा खसेकामध्ये ३३ जनालाई जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ । बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। बसमा कति यात्रु सवार थिए भन्ने खुलेकाे छैन।