प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

अन्तराष्ट्रिय मकवानपुर गोल्डकप: एपिएफ र फ्रेन्डस क्लब भिड्दै

२०७९ जेठ २१, शनिबार ०८:५१ बजे

हेटौंडा – हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगितामा आज (शनिबार) सशस्त्र प्रहरीको एपिएफ क्लब र फ्रेन्डस क्लब भिड्दै छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा शनिबार अपरान्न ४ बजे खेल सुरु हुनेछ । यसखेलमा जित निकाल्ने टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछ । सेमिफाइनल प्रवेशको लागि साविजेता त्रिभुवन आर्मी क्लबसंग भिड्ने छ ।

यही १९ गतेबाट शुरु भएको प्रतियोगितामा हालसम्म पहिलो चरणको दुई वटा खेल सम्पन्न भएको छ । पहिलो खेलमा नव जनजागृतीले बागमती युवा क्लबलाई २–० पराजित गरेको थियो भने हिजो अर्थात दोस्रो खेलमा चर्च ब्वाइजले बीएफसी भरतपुरलाई ३–० गोल अन्तरले हराएको थियो ।

मकवानपुरको १० पालिकाको सहयोग र फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।

प्रतियोगितामा एडिभिजन, मोफसल र विदेशी सहित १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुने छ ।