मकवानपुर – साहित्य सङ्गम मकवानपुरले ३३८औं नियमित साहित्य सन्ध्या सम्पन्न गरेको छ । सोही अवसरमा साहित्य सङ्गमको नियमित गतिविधि सञ्चालनार्थ अक्षयकोष निर्माण अभियानमा सहयोगी दाताहरूलाई सम्मान गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता र सङ्गमका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षतामा आयोजित कार्यक्रममा ५ हजार रूपैयाँमाथि सहयोगी दाताहरूलाई सम्मान गरिएको अध्यक्ष बर्तौलाले बताए।
सङ्गम मकवानपुरको नयाँ कार्यसमिति चयनपछि वाचन, विमोचन, बहस, कार्यशाला लगायतका नियमित कार्यक्रम सञ्चालनका लागि दीगो अक्षयकोष बनाउन सकेमा संस्थाका गतिविधिले निरन्तरता पाउने हुँदा पहिलो चरणमा कूल ३ लाख ५३ हजार रूपैयाँ सहयोग गर्ने ५५ दाताहरू सम्मान गरिएको उनले जानकारी दिए । बाँकी सर्जकहरूलाई दोस्रो चरणको कार्यक्रममा सम्मान गरिने तथा केही दाताहरुले नाम उल्लेख नगर्ने र सम्मान ग्रहण नगर्ने शर्तमा समेत सहयोग दिनु भएको उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथि सिग्देलले साहित्य सङ्गमको यस अभियानमा सम्बन्धित वडाको साहित्यिक, शैक्षिकलगायतका गतिविधि सञ्चालन र सञ्चारमा महत्वपूर्ण भूमिका खेलेका सबै साहित्यिक संस्थाहरूलाई आफ्नै कार्यक्रमका रूपमा अपनत्व लिँदै निरन्तर सरसहयोग र सहकार्य गर्दै आइरहेको स्मरण गराउँदै सङ्गमको यस अभियानमा १० लाख पुर्याउने लक्ष्यमाथि नपुग रकम सहयोग गर्ने र कार्यक्रमहरूलाई निरन्तरता दिलाउन सहयोग गर्ने वाचा गरे। उनले विभिन्न विद्यालयबाट सहभागी नवसर्जकहरूलाई लेखनका लागि हौसला दिन र नयाँ नयाँ पाठकस्रोताहरू बनाउनका लागि समेत सर्जकहरूसँग आह्वान गरे ।
कार्यक्रममा सहयोगी दाताहरू सुदर्शनप्रसाद अधिकारी, दिनेश भण्डारी, विनोद सुवेदी, अमुल श्रेष्ठ, डीबी बर्तौला, ठाकुरराम भण्डारी, सुभाषचन्द्र पौडेल, विश्वास क्षेत्री, दीपक गौतम, सुदीप बर्तौला, मनोज पोखरेल, उमा मैनाली, भानुभक्त आचार्य, रामहरि न्यौपाने, उमेश आचार्य, रामकृष्ण तिमल्सिनालगायतका व्यक्तित्वहरू सम्मानित भए ।
साहित्य सर्जक तथा कार्यक्रमका विशिष्ट अतिथि तुलसी घिमिरेले साहित्य सङ्गम सुरूवाती विविध प्रसङ्गका साथ आफ्नो कविता सुनाउनुएको कार्यक्रममा बालजागृती ईङ्लिश सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल विनोद सुवेदीले र सम्मानित व्यक्तित्वहरूको तर्फबाट सुदर्शनप्रसाद अधिकारीले मन्तव्य राख्नुभयो । बालजागृति स्कुलका विद्यार्थीहरू सायुज्य देवकोटाले भजन शिरोमणि भक्तराज आचार्य तथा प्रसिद्धी लामिछानेले स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको गीत गायन गरे । जसलाई सङ्गीत प्रशिक्षक घनश्याम ढकाल र मनोज शाहीले सहजीकरण गरे ।
साहित्य सर्जकहरू सुवास सजल, रचना भण्डारी, रजनी पौडेल, कृतिका लौडारी, स्वस्तिका बानियाँ, इभानी रानाभाट, छवि अनित्य, किसन पौडेल, देवराज तिवारी, सुदर्शन अधिकारी, चेतप्रसाद पौडेल, विष्णु गौतम, ठाकुरराम भण्डारी, शोभा थापा, मिथिला अधिकारी, केशव न्यौपाने आदिले विविध साहित्यक रचना गरे ।
कार्यक्रममा भावना सापकोटा, भवानी तिमल्सिना, श्रीराम तिमल्सिना, मुक्तिगोविन्द वैद्य, विनोद सुवेदी, दिनेश भण्डारी, राजकुमार लामिछाने, मधु ढुङ्गाना, ईन्द्र नेपाल लगायतका साहित्य सर्जक, साहित्यसेवी, शिक्षक कर्मचारी आदिको उपस्थिति रहेको थियो । साहित्य सङ्गम र सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त हलमा सञ्चालित कार्यक्रमलाई सङ्गम मकवानपुरका सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको हो ।