हेटौंडा – मकवानपुरको थाहा नगरपालिकामा कुटपिटबाट एक युवक गम्भीर घाइते भएका छन् । थाहा नगरपालिका–१२ झाप्रेस्थित स्थानीय ३२ वर्षीय सोम गोलेले कुटपिट गर्दा अर्का स्थानीय ४७ वर्षीय जित बहादुर स्याङ्तान गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार राति उनीहरुबिच झै–झगडा हुँदा कुटपिट भएको थियो । घाइते स्याङ्तानको टाउको र आँखामा चोट लागेको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार घाइतेको ट्रमा सेन्टर काठमान्डौ उपचार भई रहेको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको पनि उनले जानकारी दिए । उनको कुटपिट गर्ने हाल फरार रहेको छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।