प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरका स्याङतान सहित दुई प्रहरीको फन्दामा

२०८० असार ६, बुधबार ०२:२० बजे

हेटौंडा – काठमाडौं चन्द्रागिरी नगरपालिका–२ देउराली भञ्जाङबाट अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका–६ बस्ने २३ वर्षीय निमा स्याङतान र धादिङ थाक्रे गाउँपालिका–७ बस्ने २४ वर्षीय बिरे तामाङ रहेका छन् ।

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले उनीहरुलाई ८ सय ग्रामसहित सोमबार राति पक्राउ गरेको हो । धुनीबेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.९१ प ४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार स्याङतान र तामाङलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।