प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हेटौंडामा लागुऔषध लिएर भाग्दै गरेको मोटरसाइकल दुर्घटना भएपछि...

२०७९ माघ ७, शनिबार ०७:४४ बजे

हेटौंडा – हेटौंडामा प्रहरीको चेकजाँच देखेर भागिरहेको मोटरसाइलक दुर्घटना भएको छ । दुर्घटना भएको मोटरसाइलकमा सवार हेटौंडा–९ बस्ने ३१ वर्षीय सुरेश स्याङतानलाई लागुऔषध नाईट्रोभ्याट १५ ट्याबलेट र कोडिवेल ५ बोतल सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

गएराति हेटौंडा उपमहानगरपालिका–१५ पिपलबोटसिथत बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना १६ प ९८५९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्न खोज्दा नरोकी भाग्दा नयाँबस्तीमा आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक स्याङतान घाइते भएका छन् । टाउको, हात र ढाडमा चोट लागेको उनको उपचारको लागि हेटौंडा अस्पताल लगिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।