हेटौंडा – मकवानपुरको थाहा नगरपालिका वडा नं ५ को वडाअध्यक्षमा नेकपा एमालेका विष्णु बहादुर गुरुङ निर्वाचित भएका छन् ।
गुरुङले नेकपा माओवादी केन्द्रका मान सिंह दोङलाई ३०३ मतले पराजित गरेका हुन् । गुरुङले ६३२ मत प्राप्त गरेका थिए भने दोङले ३२९ मत प्राप्त गरेका थिए ।
त्यस्तै वडासदस्यहरुमा पनि नेकपा एमालेकै उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा महिलातर्फ विमला पाख्रिनले ६१३, दलित महिलामा उर्मिला कामी(निर्विरोध), खुल्लातर्फ इन्द्र बहादुर वाईबाले ६२६ र कृष्ण बहादुर मुक्तानले ५९३ मत प्राप्त गरेका छन् ।