प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दुई पुरुष मकवानपुर प्रहरीको फन्दामा

२०७९ माघ ७, शनिबार ०५:५२ बजे

हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले मनहरी गाउँपालिकाबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका–८ दारिमबास बस्ने ४२ वर्षीय राज कुमार प्रजा र ४५ वर्षीय जित बहादुर मगर रहेका छन् ।

प्रहरी निरीक्षक कृष्णराज ढकालको कमाण्डमा खटिएको मोबाइल टोलीले शुक्रबार साँझ पक्राउ गरेको हो । उनिहरुलाई शंका लागेर चेकजाँच गर्दा करिब २१ किलो लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।