प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा सवारी दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान घाइते

२०८० कार्तिक ९, बिहीबार ०६:४२ बजे

हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.६ जुरिखेतमा बुधबार स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।

भीमफेदी–कुलेखानी–काठमाण्डौ सडकखण्ड अन्तर्गत काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२७ प ४८४२ नम्बरको स्कुटर बुधवार साँझ ५ बजेर ४० मिनेटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

दुर्घटनामा परी स्कुटर पछाडि बस्ने काठमाडौँ महानगरपालिका वडा २७ महाबौद्ध निवासी ६२ वर्षकी राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए। उनका अनुसार क्षेत्रीको हेटौंडा अस्पतालमा उपचारको क्रममा बुधवार ७ बजेर २० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको हो ।

स्कुटर दुर्घटनामा चालक काठमाडौँ महानगरपालिका वडा २७ महाबौद्ध निवासी ६५ वर्षका शशिराज पाण्डे घाइते भएका छन् । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।