प्रहर खबर
 २०८३ श्रावण ८, शुक्रवार    

हेटौंडाबाट लागुऔषध सहित एक युवक पक्राउ

२०७९ श्रावण २, सोमबार ०८:५८ बजे

हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं.४ कमलडांडाबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा पकाहा मैनपुर गाउँपालिका वडा नं.४ बस्ने १९ वर्षीय सामसाद देवान रहेका छन् । 

फरेष्टीबाट पिप्लेतर्फ जादै गरेको प्रदेश २–०३–०२१ प ५४०६ नम्बरको मोटरसाइकल सवार देवानलाई विभिन्न प्रकारका लागुऔषधसहित वडा प्रहरी कार्यालय सानोपोखरा, मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । 

मोटसाइकल रोकी चेकजाँच गर्ने क्रममा देवानले भिरेको ब्यागबाट लागुऔषध नाईट्रोभेट १५० ट्याव्लेट, अलिकोन ८० क्याप सुल, कोडीवेल ३० बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

उक्त लागुऔषध, मोटरसाइकल र देवानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।