प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दिपक सिंह ऊर्जा राज्यमन्त्री बन्दै

२०७९ माघ ३, मंगलबार ०५:४८ बजे

हेटौंडा – मकवानपुर क्षेत्र नं.१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका दिपक बहादुर  सिंह बन्ने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिंहलाई ऊर्जा राज्यमन्त्री बनाउने भएको हो ।

तत्कालिन सत्ता गठवन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्यय डिना र नेकपा एमालेको तर्फबाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै सिंह निर्वाचित भएका थिए ।

राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री बन्ने भएका छन् । त्यस्तै पार्टीका उपाध्यक्षद्वय विक्रम पाण्डे सहरी विकास मन्त्री र ध्रुवबहादुर प्रधान कानुन मन्त्री बन्ने भएका छन् ।