काठमाडौं – नेपाल आयल निगमले खाना बनाउँने ग्यासको मूल्य ह्वातै बढाएको छ । निगमले एकैपटक ग्यासको मूल्य प्रतिसिलिन्डर २३५ रुपैयाँ बढाएको हो ।
निगमले मूल्य बढाएसँगै आजदेखि एक सिलिन्डर ग्यास किन्न उपभोक्ताले १८९५ रुपैयाँ खर्चिनुपर्ने भएको छ । यसअघि ग्यासको मूल्य १६६० रुपैयाँ थियो ।
भारतीय आयल निगमले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार ग्यास १८६.४५ रुपैयाँ बढेर आएको थियो । सो मूल्यमा निगमले भ्याट जोडेर नयाँ मूल्य कायम गरेको जनाएको छ ।