प्रहर खबर
 २०८३ श्रावण ५, मङ्गलवार    

बस र माइक्रोबस ठोक्किँदा एक जनाको मृत्यु

२०७९ पौष ५, मंगलबार १४:३३ बजे

धादिङ – धादिङको मलेखु नजिकै यात्रुवाहक बस र माइक्रोबस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

भैरहवाबाट काठमाडौं जाँदै गरेको लु २ ख २६४४ नम्बरको यात्रु बस र लमजुङतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरूको गजुरी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।