प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेलमेटमा लागुऔषध लुकाएर ल्याउने हेटौंडाका एक युवक फन्दामा

२०७९ कार्तिक १३, आईतबार ०४:०४ बजे

हेटौंडा – मकवानपुरको हेटौंडाबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१४ का २३ वर्षीय समिर थोकर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर बिशेष सुचनाको आधारमा ना ५४ प ३४५३ नम्बरको मोटरसाइकल रोकेर थोकरलाई चेकजाँच गर्दा लागुऔषध बरामद गरिएको हो । उनले हेलमेटमा लुकाईछिपाई ल्याएको अवस्थामा कोडिवेल ७ बोतल (प्रति बोतल १००एम.एल),टैमाद २८ पिस (ट्याबलेट) बरामद गरिएको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए ।

मोटरसाइकल, लागुऔषध सहित नियन्त्रण्मा लिएर थोकरमाथि अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।