प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते

२०८१ जेठ १९, शनिबार १३:२५ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ७ बर्षीय डिकेश गोल रहेका छन् ।

धरानचतरा सडक खण्डमा हेटौंडाबाट गरगरे तर्फ आउदै गरेको ना २२ प ५७६ नम्बरको मोटरसाइकलले सडक छेउमा खेलिरहेका गोलेलाई दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घाइते बालकको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सिन्धुली हरिहरपुरगढी–३ का रोशन विक प्रहरीको नियन्त्रणमा रहेका छन् ।