काठमाडौं – सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै छ ।
काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई पोखरावाट काठमाडौं ल्याउन लागिएको हो ।
उनी अहिले बिहान बुद्द एअरको ९ बजेको फ्लाईटमा काठमाडौं उत्रनेछन् । उनलाई ३(४ दिन बयान गराएर पुनस् पोखरा लगिनेछ।