प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बिजय युथ दोस्रो पटक च्याम्पियन

२०८० असार १६, शनिबार ०३:०८ बजे

हेटौडा - दोस्रो संस्करणको विजय युथ गोल्डकप  फुटबल प्रतियोगिताको उपाधि आयोजक  विजय युथ क्लबले जितेको छ ।शुक्रबार पिप्ले क्याम्पा रंगशालामा भएको  फाइनलमा विजय युथले पदमपोखरी युनाइटेडलाई २–१ ले हराउँदै उपाधि जितेको हो । 

बिजय युथलाई उपाधी दिलाउनका लागि हिसुब थपलिया नायक बने । खेलको अन्तिम समयमा थपलियाले दुई गोल गर्दै साबिक बिजेता समेत रहेको बिजय युथले उपाधि रक्षा गर्यो ।  फाइनल खेलमा निर्णायक बनेका हिसुब थपलिया म्यान अफ द म्याच समेत चुनिए । 

उपाधी विजेता विजय युथले ट्र्फिसहित नगद २ लाख हात पार्यो भने उपविजेता पदमपोखरीले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । 

विधातर्फ विजय युथका हिसुब थपलिया प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले  नगद १० हजार र ५ लाख बराबरको जीवन बिमा प्राप्त गरे । 

त्यस्तै उत्कृष्ट गोलरक्षक विजय युका सुरज भ्लोन, उत्कृष्ट डिफेन्डर पदमपोखरीका सुरज बिष्ट, उत्कृष्ट मिडफिल्डर विजय युथका रुपेश केसी, उत्कृष्ट फरवार्ड विजय युथका अजयी मार्टिन्स र  उत्कृष्ट प्रशिक्षक ज्ञानु क्षेत्री घोषित भए । विद्यागततर्फ उत्कृष्ट घोषित भएका खेलाडी र प्रशिक्षकले जनही ५/५ हजारसहित ट्रफी हात पारे । 

तस्वीर: गोल नेपालबाट