काठमाडौँ – राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको सुन निकालेर जोखेको छ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले बरामद भएको ब्रेक शु भित्रको सुन निकालेर जोखेको हो।
सुनको तौल ६० केजी ७८९ ग्राम रहेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिए । ‘ब्रेक शुबाट छुट्याएपछिको सुन जोखिएको हो, ६० केजी ७८९ ग्राम रहेको छ’, उनले भने, ‘गालेर जोख्न बाँकी छ। भोलि साढे १० बजेदेखि जोख्न सुरू हुन्छ।’
केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रेक शुबाट सुन निकालिएको थियो। राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो। उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो।