प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा एक महिलामाथि चिरपट प्रहार

२०८० कार्तिक ७, मंगलबार १८:३१ बजे

हेटौंडा – मकवानपुरमा दाउराको चिरपट प्रहारबाट एक महिला घाइते भएकी छिन् । राक्सिराङ गाउँपालिका वडा नं.३ आलखोप बस्ने ३० बर्षीय सागर योन्जनले चिरपट प्रहार गर्दा सानो देवकोट बस्ने राजकुमार गोलेको श्रीमती ३६ बर्षीय देबिमायाँ थोकर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार दशैंको नवमीको दिन अपह्रन्न ४ बजे देबिमायाँको श्रीमन राजकुमार र आलखोप बस्ने ३० बर्षीय सागर योन्जनबीच बिवाद भएको थियो । सामान्यु बिवाद भएर लछारपछार हुने क्रममा देविमायाँले छुट्याउन खोज्दा सागरले उनीमाथि दाउराको चिरपट प्रहार गरेको प्रहरीले जनाएको छ ।

सागरको चिरपट प्रहारबाट देविमायाँको निधारमा गहिहरो चोट लागेको छ । उनको मनहरी अस्पतालमा सामान्य उपचारपश्चात पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ । चिरपट गर्ने सागर फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।