मकवानपुर – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आफ्नो स्थितीपत्र जारी गरेको छ । शनिबार जारी गरेको स्थिती पत्रमा गाउँपालिकाकाले आवको कुल बजेट २०७८/०७९ ९२ करोड ६२ लाख ८३ हजार रहेकोमा असार मसान्त सम्ममा ७१ करोड ७५ लाख ६१ हजार मात्रै आम्दानी भएको उल्लेख गरिएको छ ।
आम्दानी भन्दा बढी ठुलो बजेट बनाएको अवस्थामा ठुलो रकम असार मसान्तमा भुक्तानी गर्न नसकिएकोले दायित्वको रुपमा रहेको प्रवक्ता दिपेश दहालले बताए । उनका अनुसार गाउँपालिकाको बजेटको हिसाबले दायित्व २० करोड ८७ लाख २१ हजार रहेको छ ।
गाउँपालिकाको बैक मौज्दात ११ करोड १३ लाख राखिएकोमा ५ करोड ७९ लाख रहेको र ५ करोड ३३ लाख ९८ हजार घाटा रहेको जारीपत्रमा उल्लेख गरिएको छ । त्यस्तै अन्तरिक श्रोततर्फ ७ करोड १९ लाख २० हजार अनुमान गरिएकोमा २ करोड ७२ लाख ५४ हजार घाटा रहेको,राजस्व बाँडफाँडतर्फ २७ करोड ९७ लाख २६ हजार आय अनुमान गरिएकोमा १७ करोड १२ लाख ५७ हजार आम्दानी भएको पत्रमा भनिएको छ ।
मकवानपुरगढीको तिर्नुपर्ने दायित्व ७ करोड रहेको जारीपत्रमा उल्लेख गरिएको छ । गाउँपालिकाले उक्त तिर्न बाँकी दायित्वलाई र संघिय र प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण रकमबाट भुक्तानी गरिने भएको छ । स्थिती पत्र जारी कार्यक्रममा पालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रीन, आर्थिक विकास समितिका संयोजक कृष्णप्रसाद बजगाई लगायतको उपस्थिती रहेको थियो ।