हेटौंडा – वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह चुनावको लागि भोली ९मंगलबार० रातिदेखि मौन अवधि सुरु हुने भएको छ।मौन अवधि सुरु भइसकेपछि चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइने छैन।
चुनावी प्रचारको लागि आज र भोलि दुई दिन मात्रै बाँकी छ। दुई दिनमात्र बाँकी भएसँगै दल र उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन्।
यस्तै, भोलि मध्यरातिदेखि नै चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन्। भोलि राति १२ बजेदेखि मतदान हुने दिन शुक्रबार राति १२ बजेसम्म सीमा नाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको इ–बुलेटिनमा उल्लेख भए अनुसार मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ संगठन वा सम्बन्धित व्यक्तिले निम्न आचरण पालना गर्नु पर्नेछ ।
मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ सब्गठन वा सम्बन्धित व्यक्तिले देहायका आचरण पालना गर्नु पर्नेछ ः–
(क) मौन अवधिभर निर्वाचन प्रचार प्रसार लगायत कुनैपनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने,
(ख) मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार प्रसारका सामग्री हटाउनु पर्ने,
(ग) कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार प्रसार गर्न नहुने,
(घ) सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने ।
मतदानको दिन पालना गर्नुपर्ने आचरण ः मतदानको दिन राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ सब्गठन वा सम्बन्धित व्यक्तिले देहायका आचरण पालना गर्नु पर्नेछ ः–
(क) मतदान केन्द्रमा राजनीतिक दल वा उम्मे दवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सब्केत भएको पहिरन वा व्याज लगाउन नहुने,
(ख) मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साब्केतिक पोशाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने,
(ग) कुनै किसिमको सवारी साधन प्रयोग गरी आवत जावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न नहुने, तर सात महिनाभन्दा बढी अवधिको गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, क्रियापुत्री, शारीरिक रूपले अशक्त वा अपाब्ता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने जेष्ठ नागरिक जस्ता मतदाताको लागि निर्वाचन अधिकृतले अनुमति दिएको सवारी साधन प्रयोग गर्न बाधा पर्ने छैन ।
(घ) मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने ।
मतदाता र मतदान तथा मतगणना प्रतिनिधिले पालना गर्नुपर्ने आचरण मतदाताले पालना गर्नुपर्ने आचरण ः मतदाताले देहायका आचरण पालन गर्नु पर्नेछ ः–
(क) मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा साथमा लिएर जान नहुने,
(ख) मतदान केन्द्रमा मतदान गर्न जाँदा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नहुने,
(ग) मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झुट्टा अफवाह, भ्रामक समाचार फैलाउन वा कुनै अवरोध गर्ने काम गर्न वा गराउन नहुने,
(घ) मतदान गर्न जाँदा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह, झण्डा वा कुनै सङ्केत अब्कित कपडा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेष्ट, लोगो, ब्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न नहुने,
(ब) मतदान गर्न जाँदा मतदाताको शरीरको कुनै भागमा बनाईएको उम्मेदवारको फोटो, दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अब्कित ट्याटु प्रदर्शन गर्न नहुने,
(च) कसैको पक्ष वा विपक्षमा एस.एम.एस., फेसबुक, मेसेञ्जर, ट्वीटर, भाइवर, यूट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी तथ्यहीन सामग्री प्रकाशन,प्रसारण वा सम्प्रेषण गर्न नहुने ।
मतदान तथा मतगणना प्रतिनिधिले पालना गर्नुपर्ने आचरणः राजनीतिक दल तथा उम्मेदवारको मतदान तथा मतगणना प्रतिनिधिले देहायका आचरण पालना गर्नु पर्नेछ
(क) राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह, झण्डा वा कुनै सब्केत अब्कितकपडा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेष्ट, लोगो, ब्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न नहुने,
(ख) राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साबकेतिक पोशाक, ्लोगो, ब्याच जस्ता सामग्री लगाउन, बोक्न र देखाउन नहुने,
(ग) मतपत्र लगायतका निर्वाचन सामग्री छुन वा चलाउन वा बिगार्न वा फोटो खिच्न नहुने,
(घ) मतदानस्थल वा मतगणनास्थलमा दल वा उम्मेदवारको पक्ष वा विपक्षमा नाराबाजी वा हुलहुज्जत गर्न नहुने,
(ब) क्यामरा, मोबाइल लगायतका निर्वाचन अधिकृतले अनुमति नदिएका सामग्री मतगणनास्थलमा लैजान नहुने ।