प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ललितपुर र सिन्धुपाल्चोकमा ठूलो वर्षा : आज सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

२०८२ असार ११, बुधबार ०७:४७ बजे

हेटौंडा । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्न सक्ने महाशाखाका मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

गएराति ललितपुरको टिकाथली, गोदावरी, खुमलटार र काठमाण्डौको बुढानिलकण्ठ तथा सिन्धुपाल्चोक क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको छ ।

बाढी पूर्वानुमान महाशाखाले ठूलो पानी परेका ठाउँमा सतर्कता अपनाउन आग्रह गरेको छ । भिरालो तथा कमजोर जमिनमा पहिरोको जोखिम उच्च भएकाले सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।