हेटौंडा – गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बर्दियाको बारबर्दिया नगरपालिका ५ सिटबरैलीमा भे ११ प ३७६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बारबर्दिया–२ जोगिगाउँका ३२ वर्षीय श्याम किशोर थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते भएका मोटरसाइकलमा पछाडी सवार ४५ वर्षीय बाल किसन थारुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । पदनाहबाट बनघुस्रीतर्फ जाँदै गरेको उक्त मोटरसाइकल गएराति ९ बजे अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय बनियाभार बर्दियाले जनाएको छ ।