काठमाण्डौं – उपप्रधानमन्त्री एवम् भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) ले राज्यबाट पाउनुपर्ने सेवा सुविधामा कुनैं कमि हुन नहुने बताउनुभएको छ । काठमाण्डौं उपत्यकामा रहेका बिभिन्न यातायात व्यवस्था कार्यालयहरुको आज अनुगमन/निरिक्षणका क्रममा कार्यालय प्रमुखहरुलाई निर्देशन दिदैं उपप्रधानमन्त्री श्रेष्ठले भन्न्ुभयो : जनताले धेरैं दुःख पाएको गुनासो सुनेको छु, जनताले दुःख पाउनुभएन । जनताको हितमा काम गर्नुस् ।
उहाँले ४ बजेसम्म हुँदैं आएको काम ५ बजेसम्म गर्न, नयाँ लाईसेन्स प्रक्रिया छिटोछरितो प्रक्रियाबाट गर्न निर्देशन पनि दिनुभयो । श्रेष्ठले भन्नुभयो : गुणस्तरिय सेवामा नो कम्परमाईज, नियम पुर्वक काम गर्नुस । कार्यालयमा बिचौंलियाहरुको बिगबिगी भएको गुनासो आएको भन्दैं उपप्रधानमन्त्री श्रेष्ठले बिचौंलियाको अन्त्य र बिचौंलियाको चलखेल बन्द गर्न कडा निर्देशन दिनुभयो ।
गलत काम गर्ने कर्मचारीलाई कडा भन्दा कडा कार्वाही र दण्डित गरिने चेतावनी दिनुहुदैं श्रेष्ठले कर्मचारीहरुलाई कर्तव्य र दायित्व भुल्न नहुने बताउनुभयो । कर्मचारीहरुको मानसम्मान र प्रतिष्ठा बढोस भन्ने कुरामा आफु सचेत रहेको बताउनुहुदैं उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो : सबैं कर्मचारीको सम्मान र प्रतिष्ठा स्थापित गर्न चाहन्छु । राष्ट्रसेवक कर्मचारी ले देश जनताको सेवा गर्ने हो । कुनैं सेवा सुविधा नपुगे, कर्मचारी अपुग भए वा कुनैं समस्या भए मलाई भन्नुस् । तर जनतालाई दिने सेवा सुविधामा कुनैं कमिकमजोरी नहोस् ।
उपप्रधानमन्त्री श्रेष्ठले लाईसेन्स कार्यालय ठुलो भर्याङ र यातायात व्यवस्था कार्यालय (मोसा) गुर्जुधाराको पनि अनुगमन÷निरीक्षण गर्नुभएको थियो ।
अनुगमनको क्रममा मन्त्री श्रेष्ठले सेवाग्राही र सर्वसाधारण सङ्ग अन्तरक्रिया गर्नुभएको छ भने गुनासो पनि सुन्नुभएको छ । उहाले सेवा प्रभावकारी र सहज बनाउन कार्यालय प्रमुख र कर्मचारी लाई निर्देशन पनि दिनुभएको छ । सेवा दिने समय बढाउन, छिटो छरितो ढंगले काम गर्न र अनियमितता, बिचौलियाको प्रभाव र सेटिङको अन्त्य गर्न मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो । कहिकतैबाट गलत भएको जानकारी आए तत्काल कार्वाही गर्ने उहाले बताउनुभयो ।
अनुगमनको क्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल, भौंतक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सहसचिव, बिभिन्न बिभागका प्रमुख र प्रदेश मन्त्रालयका सचिव लगायतकाको सहभागिता रहेको थियो ।