प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

चोरीका गरगहना र नगद सहित एक जना पक्राउ

२०७९ कार्तिक २७, आईतबार ०७:१५ बजे

हेटौंडा – चोरीका गरगहना र नगद दाङबाट सहित एक जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१० सुकौराबाट बाँके खजुरा गाउँपालिका–२ सि गाउँ बस्ने ४२ वर्षीय राजेन्द्र सुनार पक्राउ परेका हुन् ।

शनिबार बेलुकी चोरीका विभिन्न १६ थान गरगहना र नगद ४४ हजार ३ सय १ रूपैयाँ सहित सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शंकास्पद रूपमा बसिरहेका उनको साथबाट झोलामा लुकाएर राखेको उक्त गरगहना र नगद पारेको

अनुसन्धानको क्रममा उक्त धनमाल बाँके नेपालगंज पुष्पलाल चोकस्थित दुल्लु दरवार होटलबाट चोरी गरी ल्याएको खुल्न आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।