प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

साइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०७९ माघ ११, बुधबार १५:२९ बजे

हेटौंडा – मोरङको बुढीगंगा गाउँपालिका ३ मुडेरीमा साइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सुनसरीको दुहवी नगरपालिका १२ का ४८ वर्षीय देव कुमार उराउको मृत्यु भएको हो । उनी सवार रहेको साइकल आज बुधबार अनियन्त्रित भएर पल्टिएको थियो ।

विराट मेडिकल टिचिङ अस्पतालमा उपचारको क्रममा पौने १० बजे उराउको मृत्यु भएको ईलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।