काठमाडौँ – संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । नेपाली काँग्रेस नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी काठमाडौँको सिफलमा बस्दै आएका थिए । २००२ मङ्सिर २१ गते लिखु पिके गाउँपालिका, वार्ड नं ३ सोलुखुम्बुमा जन्मिएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट एम.ए., बी.एल. गरेका थिए ।
२००७ सालको जन–क्रान्ति काल देखिनै नेपाली काँग्रेसमा सक्रिय रहेर राजनीति गरेका उनी नेपाली काँग्रेसको पूर्वकेन्द्रीय तथा पुर्वसांसद पनि हुन् ।