प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आफ्नै आठ वर्षीया बैनी बलात्कार गर्ने १४ वर्षीय दाइलाई जन्मकैद

२०८० आश्विन १८, बिहीबार ०८:२९ बजे

तनहुँ – नाबालिका बैनी बलात्कार मुद्दाका अभियुक्तलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । तनहुँ जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले १४ वर्षीय दाइलाई जन्मकैदको फैसला सुनाएको हो । नाबालिका बलात्कार अभियोगमा आरोपितलाई सोमबार जन्मकैदको फैसला भएको अदालतका सूचना अधिकारी हरिशचन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार आठ वर्षीय सहोदर बैनीलाई जबरजस्ती करणी मुद्दामा अभियुक्त बालक भएकाले ५० प्रतिशत छुट गरी १४ वर्ष छ महिना कैद हुने गरी फैसला भएको छ । आरोपितले बैनीलाई २०७० साल चैत २५ गते बलात्कार गरेको भन्दै आमाले नै इलाका प्रहरी भानुमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो ।