हेटौंडा – मोरङको कटहरी गाउँपालिका २ मा आज आइतबार ट्रकको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री ईलाम घर भएका २१ वर्षीय सुशिल पौडेल रहेका छन् ।
प्रहरीका अनुसार प्रदेश १–०२–००१ ख ८४३९ नम्बरको ट्रकले साइकलमा सवार पौडेललाई आज बिहान पौने ११ बजे ठक्कर दिएको थियो । गम्भिर घाइते पौडेललाई उपचारको लागी कोशी अस्पताल विराटनगर पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
ट्रक चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।