हेटौंडा – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहने छ भने देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना हुने विभागले जनाएको छ । प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको विभागको पुर्वानुमान छ।