काठमाडौं – सर्लाहीको बलरा नगरपालिका–१ हथिऔलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४६ वर्षीय अर्जुन पटेल रहेका छन् ।
शनिवार आज दिउँसो खेतमा भैँसी चराउन गएको बेला चट्याङ लागेर पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। चट्याङ लागेर भैँसी पनि मरेको प्रहरीले जनाएको छ।