जाजरकोट – जाजरकोटमा माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।
छेडागाड नगरपालिकाको १ र १२ को सीमानमा पर्ने छेडा खोलामा जाल खेल्न गएका शिवालय गाउँपालिका ९ का ४५ वर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका १ घडेरीका ४५ वर्षीय नरेवहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार दिउँसो ४ बजेतिर जाल खेल्न गएका उनीहरू दुवै जना हात समातेर खोला तर्ने क्रममा लड्दा जालको डोरी हातमा बेह्रिएर उठ्न नसक्दा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।