प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाल निवृत्त शिक्षक समाज मकवानपुरद्वारा गुरुपूर्णिमामा गुरुलाई सम्मान

२०८२ असार २६, बिहीबार १९:०३ बजे

मकवानपुर । नेपाल निवृत्त शिक्षक समाज मकवानपुर नेपालले निवृत्त शिक्षक समाज स्थापना दिवस तथा गुरुपूर्णिमाका अवसरमा आज एक समारोहबिच गुरु संम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

यस क्रममा वैयाकरण ध्रुवकुमार भुजेलद्वारा स्थापित रामसावित्री नेपाली भाषाशिक्षक सम्मानद्वारा गोविन्दप्रसाद आचार्य सम्मानित हुनुभएको छ ।

यसै गरी संस्थाद्वारा स्थापित निवृत्त शिक्षक सम्मानद्वारा वि.सं.२०११ मा जन्मनुभएका केशव शर्मा न्यौपाने, शङ्करप्रसाद लामिछाने, प्रेमजी श्रेष्ठ, शिवप्रसाद गिरी, निरञ्जन अधिकारी, सानुनानी अधिकारीलगायत नौजना निवृत्त शिक्षकहरू सम्मानित हुनुभएको छ ।

यस कार्यक्रममा रमेशप्रसाद लामिछाने, अरुण खतिवडा, हरिप्रसाद सिग्देल, शिवदयाल यादव, रमेशमोहन अधिकारी तथा निरञ्जन अधिकारीले मन्तव्य राख्नुभएको थियो भने जनार्दन खनालले कविता सुनाउनुभएको थियो ।

कालिका पार्टी प्यालेसमा भएको सो कार्यक्रमको प्रमुख आतिथ्य नेपाल निवृत्त शिक्षक समाज नेपालका केन्द्रीय महासचिव अभिमन्यु गौतमले, उद्घघोषण पीताम्बर वास्तोलाले तथा स्वागत ओमप्रसाद चौलागाईंले गर्नुभएको सभाध्यक्षता जिल्ला समिति मकवानपुरका अध्यक्ष सीताराम दाहालले गर्नुभएको थियो ।