प्रहर खबर
 २०८३ कार्तिक ६, बिहीवार    

भारतीय मोटरसाइकलको ठक्करबाट एक युवकको ज्यान गयो

२०७९ भाद्र २१, मंगलबार ०९:२६ बजे

हेटौंडा – भारतीय मोटरसाइकलको ठक्करबाट एक युवकको ज्यान गएको छ । सर्लाहीको हरिपुर नगरपालिका ३ फरहदवामा सोमबार मोटरसाइकलको ठक्करबाट पैदलयात्री अन्दाजी २५ बर्षीय पुरुष घाइते भएका थिए ।

घाइते पुरुषको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मंगलबार बिहान सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।मलंगवाबाट नवलपुर जादै गरेको भारतीय नम्बरको मोटरसाइकलले पैदलयात्री अन्दाजी २५ बर्षीय पुरुषलाई सोमबार बेलुका ८ बजे, ठक्कर दिएको थियो ।

मोटरसाइकललाई इलाका प्रहरी कार्यालय हरिपुरले नियन्त्रणमा लिएको छ । फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।