काठमाडौं – नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा ६०० र चाँदी तोलामा १५ रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार घटेसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ५०० रूपैयाँ कारोबार भइरहेको छ । यसअघि मंगलबार सुनको मूल्य तोलामा १ सय रूपैयाँ घटेको थियो। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रूपैयाँ कायम भएको छ।
महासंघका अनुसार बुधबार चाँदीको प्रतितोला १ हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ३९० रूपैयाँ थियो।