प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा अचेत अवस्थामा भेटिएका पुरुषको उद्धार

२०८० पौष २३, सोमबार १८:२९ बजे

हेटौंडा – मकवानपुरको मनहरी खोला बगरमा अचेत अवस्थामा भेटिएका पुरुषको उद्धार गरिएको छ । मनहरी गाउँपालिका–८ सिमपानीस्थित मनहरी खोलाको बगर छेउ बस्ती नजिकैबाट ३० बर्षीय संजिव बि.क.को उद्धार गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान ५ बजेर ४५ मिनेटको समयमा विककलाई अचेत अबस्थामा देखेपछि स्थानीय अटो चालकले उद्धार गरी उपचारका लागि स्थानिय मेडिकलमा लगेका थिए । उनलाई सामान्य उपचार पश्चात थप उपचारको लागी भरतपुर चितवन तर्फ पठाईएको प्रहरीले जनाएको छ ।