प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा सवारी दुर्घटना: एक युवकको मृत्यु, अर्को एक घाइते

२०८० कार्तिक २३, बिहीबार ११:४८ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१९ तीनताप्केमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मनहरी गाउँपालिका वडा नं.३ डोटे बस्ने २७ वर्षीय संजिब बल रहेका छन् ।

पूर्व पश्चिम राजमार्ग सडकखण्ड अन्तर्गत शिद्वकालीबाट बस्तिपुर तर्फ आउँदै गरेको बा प्र ०२–०३९ प ७३०५ नम्बरको मोटरसाइक आफै अनियन्त्रीत भई दुर्घटना हुँदा संजिब र ३१ बर्षीय दिपक सिंह बल घाइते भएका थिए ।

उनीहरुको उद्धार गरी तत्काल हेटौंडा अस्पताल ल्याईएकोमा संजिवको उपचारको क्रममा गएराति ८ बजेर ५२ मिनेटमा मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव हेटौंडा अस्पतालको शव गृहमा रहेको छ । घाइते दिपकको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।