हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी बजारबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जितपुर–सिमरा उपमहानगरपालिका–७ बस्ने २९ वर्षीय बिनोद सहनी र सोही स्थान बस्ने ४५ वर्षीय बुनि सहनी रहेका छन् ।
आइतबार मनहरी बजारमा पैदल हिडिरहेको अवस्थामा सहनी द्वयलाई चेकजाँच गर्दा १ किलो ६०० ग्राम लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार उनिहरुले कम्मरमा प्लास्टिकले बेरेर लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागुऔषध बरामद गरिएको हा्े ।
दुबैलाई लागुऔषध गाँजालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।फाइल तस्वीर