प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा–१५ बाट लागुऔषध सहित एक जना पक्राउ

२०८१ जेठ ५, शनिबार ०८:०६ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट लागुऔषध ओनरेक्स सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२ बस्ने ३१ बर्षीय मिथुन चौधरी रहेका छन् ।

हेटौंडाबाट पथलैयातर्फ जादैं गरेको प्र२–०३–०२० प ९९९१ नम्बरको स्कुटर चालक चौधरीलाई रितपुर्वक खानतलासी गर्दा ३२ बोतल लागूऔषध ओनरेक्स फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उक्त लागूऔषध सहित चौधरीलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।