प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

भीरबाट लडेर एक जनाको मृत्यु

२०७९ माघ ३, मंगलबार ०९:४१ बजे

काठमाडौं – पाल्पाको रैनादेवी छहरा –६ मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । स्थानीय ६० वर्षका बेदबहादुर बलालको भीरबाट लडेर मृत्यु भएको हो ।

मंगलबार बिहान ९ बजेतिर घर नजिकैको नेप्टाभीरबाट लडेर बलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बलालको शव भीरबाट निकालेर पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ ।