मकवानपुर - मकवानपुरगढी गाउँपालिका-८, सात घुम्तिमा जेसिबी दुर्घटना हुँदा चालक सामान्य घाइते भएका छन्।
भित्री सडक खण्डमा मोर्डन इन्फा स्ट्रक्चर कम्पनीको बा.प्र.०१-००४ क ३७२६ नम्बरको जेसिबीले माटो सम्याउने क्रममा अनियन्त्रित भई करिब १६–१७ मिटर तल खसेको थियो।
घटनास्थलमा खटिएको प्रहरीले जानकारी दिएअनुसार, जेसिबी चालक भिमफेदी गाउँपालिका-८, खोप्लाङका २७ वर्षीय सुदीप पाख्रिनको बाँया घुँडामा चोट लागेको छ। उनलाई प्रारम्भिक उपचारका लागि हेटौँडातर्फ पठाइएको छ, र उनको अवस्था सामान्य रहेको जनाइएको छ।
दुर्घटनामा परेको जेसिबी घटनास्थलमै रहेको छ। दुर्घटनाको थप विवरण संकलन गर्न र आवश्यक प्रक्रिया अघि बढाउन स्थानीय प्रशासन र सुरक्षाकर्मी खटिएका छन्।
मकवानपुरगढीमा जेसिबी दुर्घटना, चालक सामान्य घाइते
मकवानपुर मकवानपुरगढी गाउँपालिका-८, सात घुम्तिमा जेसिबी दुर्घटना हुँदा चालक सामान्य घाइते भएका छन्।