प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा यात्रुबाहक सवारीलाई टाईम कार्ड लागु

२०७९ आश्विन १४, शुक्रबार ०९:४८ बजे

हेटौंडा – मकवानपुरको पुर्वपश्चिम राजमार्गमा हुने सडक दुर्घटना न्युनीकरण गर्न टाईम कार्ड प्रणाली लागु गरिएको छ ।

चाडपर्व लक्षित बिशेष सुरक्षा योजना अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रहरी टोलीले सवारी चालकहरुलाई टाईम कार्ड प्रदान गरी सेवाको सुरुवात गरेको हो ।  

टाईम कार्ड प्रणालीअनुसार जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ चुरियामाई पिपलचौतारादेखि मनहरी गाउँपालिका वडा नं.७ को करिब ५० किलोमिटर सडक यात्रा अबधिका लागि लागु हुने जनाइएको छ ।

पुर्वपश्चिम राजमार्गमा सवारी चाप बढेपछि दैनिक दुर्घटना हुने गरेका छ । राजमार्गमा रुटमा चल्ने यात्रुबाहक बसहरुलाई रोकेर चेकजाँच गर्नुको साथै तिब्र गतिमा सवारी चलाउँदा हुन सक्ने संभावित दुर्घटनालाई न्युनिकरण गर्न र सुरक्षित यात्राको लागि सवारी साधनहरुलाई टाईम कार्ड लागु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।