प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरका दिपक जंगलमा मृत भेटिए

२०७९ मंसिर ६, मंगलबार ०७:४७ बजे

हेटौंडा – मकवानपुर बागमती गाउँपालिका वडा नं.२ तिनघरेस्थित जंगलमा एक जना मृत भेटिएका छन् ।  स्थानीय ३१ वर्षीय दिपक भोलन मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घरनजिकै रहेको जनवन सामुदायिक जंगलको भिरबाट लडेर मृत्यु भएको अवस्थामा भोलनको शव फेला परेको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । उनको शव भिरबाट ५० मिटर तल खसेको अवस्थामा भेटिएको कार्कीले बताए ।