हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं.६ ठुलोसुधामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ८ बर्षीया पुर्णिमा भोञ्जन रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान ११ बजेको समयमा घरबाट किस्किएकी पुर्णिमा घर नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए । खोजी गर्ने क्रममा सोही दिनको साँझ ५ बजेको समयमा घर नजिकैको बाघ भैरब सामुदायिक बनको सुधाभिरमा मृत अवस्थामा फेला परेकी हुन् ।
घटनास्थल मृतको घरदेखि करिब २ सय मिटर पर रहेको बताईएको छ । ती मृतक बालिकाको मानसिक अवस्था ठिक नभएको प्रहरीले जनाएको छ । शव घटनास्थलबाट कानुनी प्रक्रिया पुरा गरी हेटौंडा अस्पताल ल्याईएको बताईएको छ । घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।