प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा अन्तरपालिका जिल्ला स्तरीय फुटवल प्रतियोगिता हुने

२०७९ फाल्गुन ३०, मंगलबार १३:२० बजे

हेटौंडा– मकवानपुरमा अन्तरपालिका जिल्ला स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुर प्रायोजन तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा चैत्र ४ देखि ११ गते सम्म हुन लागेको हो ।

प्रतियोगितामा जिल्लाका १० वटै पालिकाको सहभागिता रहने छ । प्रतियोगिता हेटौंडा–५ पिप्ले क्याम्पा मैदानमा हुनेछ ।

आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा कैलाश र भीमफेदी गाउँपालिकाबीच प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै प्रतियोगिताको दोस्रो दिन चैत्र ५ गते हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिका, राक्सिराङ गाउँपालिका र थाहा नगरपालिका, चैत्र ६ मकवानपुरगढी र इन्द्रसरोवर गाउँपालिकाबीच प्रतिस्पार्धा गर्नेछन् ।

प्रतियोगिताको सेमिफाइनल खेल चैत ८ गते र चैत ९ गते हुनेछ भने फाइनल खेल चैत ११ गते हुनेछ । 

प्रतियोगितामा बिजेताले नगद २ लाख र उपबिजेताले नगद १ लाख रुपियाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।
त्यस्तै प्रतियोगिताको सर्वोउत्कृष्ठ खेलाडिले नगद १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

 प्रतियोगितामा हुने टोलीले आफ्नै पालिकाभित्रका ३० बर्ष मुनिका खेलाडीलाई मात्रै समावेश गर्न पाउनेछन् । त्यस्तै विभागिय टोली वा ए डिभिजन खेलेका खेलाडीहरु समावेश गर्न पाइने छैन ।

खेल तालिका