तस्बिरः सामाजिक सञ्जालबाट
हेटौंडा – अध्ययनका लागि विद्यालय जाँदै गरेकी एकजना किशोरीको हत्या भएको छ। उदयपुरको बेलका नगरपालिका वडा नम्बर–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत १५ वर्षीया (छात्रा) कविता सुनुवारको हत्या भएको हो ।
उक्त विद्यालयको कक्षामा १० अध्ययनरत कविता मंगलबार बिहानै ट्युसन पढ्न घरबाट निस्किएकी थिइन् । घरबाट ट्युसन पढ्न निस्किएकी कविताको बाटोमै बीभत्स तरिकाले हत्या गरेपछि खोलामा फालेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
उनको शव मंगलबार बिहान ७ बजे स्थानीय यशोदा खोलामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धानका लागि प्रहरीको टोली खटिएको छ ।
विद्यालयले विज्ञप्ती जारी गर्दै विद्यालयमा नियमति अध्ययनरत छात्राको बाटैमा भएको यो क्रुर र हिंस्रक घटनाको आपत्ति जनाएको छ । यसले आमनागरिक र विशेष गरी बालबालिहरुको जीउज्यानको भरपर्दो सुरक्षा प्रबन्धन नभएको विज्ञप्तीमा भनिएको छ । घटनाप्रति सरोकारवालासँग ध्यार्कषण गर्दै घटनाको निष्पक्ष छानविन गरी यथाशिघ्र अपराधि पत्ता लगाएर कडाभन्दा कडा सजाएको विज्ञप्तीमार्फत माग गरेको छ ।
