हेटौंडा – बन्दको क्रममा सडकमा अवरोध गर्न खोजेको भन्दै प्रहरीले ८ जना बन्दकर्तालाई पक्राउ गरेको छ । दाङको तुलसीपुरबाट ४ र घोराहीबाट ४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
तुलसीपुर बजारबाट जनपत्रकार संगठन दाङका जिल्ला अध्यक्ष हेमन्तप्रकाश वली, युवा संघ नेपालका अध्यक्ष सुदर्शन, उपाध्यक्ष दीपेन्दु, मजदुर संगठनका नेता सञ्जयलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
यस्तै घोराहीबाट अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक खुमन पौडेल जिल्ला सदस्य हिमाल केसी, टार्जन वलीसहित चारजनालाई घोराहीको सर्राबाट प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । बन्दकर्ताले गाडी सवारी सञ्चालनमा अवरोध गर्ने, चाबी खोस्ने, धम्काउने जस्ता कार्य गरेको प्रहरीको भनाई छ ।