प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

उम्मेदवारहरुको विरोधमा उजुरी आज

२०७९ आश्विन २४, सोमबार ०५:१७ बजे

काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरोधमा आज उजुरी दिन सकिनेछ ।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको बिरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपरान्ह ३ देखि २५ गते साँझ ५ बजेसम्म रहेको छ ।

त्यस्तै उम्मेदवारको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न २६ गते दिउँसो १ देखि ३ बजेसम्म तोकेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्न २६ गते अपरान्ह ४ देखि साँझ ७ बजेसम्म तोकेको छ