प्रहर खबर
 २०८३ भाद्र १९, शुक्रवार    

मकवानपुरमा भैंसी खोज्न जाँदा भालुले टोकेपछि...

२०७९ चैत्र १९, आईतबार ०८:३१ बजे

हेटौंडा – हराएको भैसी खोज्न जाने क्रममा मकवानपुरमा जंगली जनवार भालुको आक्रमणबाट एक जना घाईते भएका छन् । घाइते हुनेमा मनहरी गाउँपालिका–६ का बल बहादुर राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार मनहरी पर्तापुरस्थित राष्टिय निकुन्जको मध्यवर्ती क्षेत्रमा चराउन पठाएको गाई भँसीहरु नफर्किएपछि स्थानीय बल बहादुर र जय राई जंगलमा खोज्न गएका थिए ।

नफर्किएको २/४ वटा भैंसी खोज्न जंगल जाने क्रममा शनिबार बिहान भालुले बल बहादुरलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । उनका अनुसार भालुले टोक्दा बल बहादुरको टाउको र हातमा चोट लागेको छ ।

उनीसंगै गएका जय राईलाई भने भालुले आक्रमण गरेको छैन ।  घाइते बल बहादुरको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।