प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा आफ्नै भाईद्वारा दाजुमाथि खुकुरी प्रहार

२०८० आश्विन २९, सोमबार १५:५५ बजे

हेटौंडा – मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बागमती गाउँपालिका वडा नं.९ बेतनी बस्ने ४७ बर्षीय जिवन बहादुर तुम सिंहले आफ्नै दाजु ४८ बर्षीय अशोक तुम सिहंलाई खुकुरी प्रहार गरी घाइते बनाएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

जिवनको खुकुरी प्रहारबाट अशोकको घाटी र दाहिने हातमा चोट लागेको छ । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने जिवन फरार रहेका छन् । उनको खोजी कार्य गरिरहेको प्रहरीको भनाई छ ।